• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश १ समाचार

    खोटाङ भूकम्प केन्द्रबिन्दुमा पटक-पटक परकम्प

    852
    SHARES


    काठमाण्डाै। ६ रेक्टर स्केलको भूकम्प गएको खोटाङमा पटक-पटक परकम्प गएको छ । बिहान ८ बजेर १३ मिनेट जाँदा साकेला गाउँपालिका वडा नम्बर ४ को मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    भूकम्प गएलगत्तै पटक-पटक परकम्प गएको खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले जानकारी दिएका छन्। भूकम्पले भौतिक संरचनामा क्षति पुर्याएको छ । तर, यकिन विवरण आइसकेको छैन उनले भनेका छन्। अहिले पालिकाका जनप्रतिनिधि, उद्धारकर्मी र सुरक्षाकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।

    उनीहरुले क्षतिको विवरण सङ्कलन गरिरहेका साकेला गाउँपालिकाका अध्यक्ष राईले बताए। लगातार परकम्प गइरहेकाले जोखिम बढेको भन्दै उनले स्थानीय बासिन्दालाई सुरक्षित रहन पनि आग्रह गरेकाछन्। भूकम्प प्रभावित क्षेत्र दुर्गममा पर्छ ।

    पानी परिरहेकाले गाउँगाउँमा सम्पर्क गर्न कठिनाइ भएको छ । भूकम्पको केन्द्रबिन्दु मात्तिमबिर्तामा ढुङ्गा र माटोले बनेका दुईदेखि तीन तले कच्ची घरहरु रहेका त्यहाँका वडाअध्यक्ष अर्जुन कटवालले जानकारी दिएका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ