• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    पाकिस्तानमा बाढीले ५० गाउँ डुबानमापरे पछि…

    1.2K
    SHARES


    काठमाडौँ। पाकिस्तानको सिन्ध प्रान्तमा बाढीका कारण ५० भन्दा बढी गाउँ डुबानमा परेका छन् । बलुचिस्तानबाट अचानक आएको बाढी सिन्ध प्रान्तमा प्रवेश गरेपछि पहाडी ५० भन्दा बढी गाउँ डुबानमा परेका हुन् ।

    प्रभावित क्षेत्रका जनता आफ्नो ज्यान जोगाउन पहाड र सुरक्षा घाटमा शरण लिन बाध्य भएका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । विशेष गरी बलुचिस्तानमा यस वर्षको मनसुन मौसममा अप्रत्याशित रूपमा भारी वर्षा भएको छ ।

    अबिरल वर्ष र बाढीले अहिलेसम्म बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा १९ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ७ बालबालिका र एक जना महिला  रहेका छन् ।

    खैबर पख्तुनख्वा प्रान्तमा १० जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् भने प्रभावित क्षेत्रमा उद्दारकर्ता परिचालन गरिएको केन्द्र सरकारले जानकारी दिएको छ ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया