• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    खोटाङ केन्द्र रहेर गएको भूकम्पले भोजपुरको एक घर भत्कायो

    647
    SHARES


    खोटाङ।  आज बिहान खोटाङ केन्द्र रहेर गएको भूकम्पले छिमेकी जिल्ला भोजपुरको एक घर भत्काएको छ।

    बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महशुस गरिएको थियो।

    भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बिहान गएको भूकम्पले भोजपुरस्थित टक्सारमा रहेको केही घरमा क्षति पुर्‍याएको विवरण प्राप्त भएको बताए।

    ‘टक्सारका घरमा क्षति पुर्‍याएको छ। प्रहरीहरू पठाएको छु,’ उनले भने, ‘२०७२ कै भूकम्पबाट चर्केको एउटा घरको केही भाग भत्केको जानकारी छ।’ भत्केको घरमा ०७२ देखि नै कोही पनि बस्ने गरेका थिएनन्।

    खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले भूकम्पबाट साकेलाका केही घर चर्केको जानकारी दिए। ‘केही घर चर्केका छन्। मानविय क्षति भएको छैन,’ उनले भने।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ