• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    सिटीलाई पराजित गर्दै लिभरपुलले हातपार्यो उपाधि

    1.4K
    SHARES


    काठमाडौँ। इंग्लिस क्लब लिभरपुलले एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ । इंग्ल्यान्डको किंग पावर स्टेडियममा शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई ३-१ ले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो ।

    लिभरपुललाई उपाधि दिलाउन ट्रेन्ट अलेक्जान्डर-आरनोल्ड, मोहमद सालाह र डार्विन नुनेजले एक-एक गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले एक गोल फर्काए। खेलको २१ औँ मिनेटमा गोल गर्दै अलेक्जान्डर-आरनोल्डले लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । तर सिटीका अल्भारेजले ७० औँ मिनेटमा गोल गर्दै खेललाई बराबरी पुर्‍याएका थिए ।

    सालाहले भने ८३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि लिभरपुलले पुनः अग्रता बनाएको थियो । तर नुनेजले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया