काठमाडौं, २४ चैत ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारमा पुनः अर्को दुखद घटना घटेको छ । अध्यक्ष प्रचण्डकी पत्नी सीताका भाई महाप्रसाद पौडेलको निधन भएको छ । उनी माओवादीका पार्टी सदस्य थिए ।
उनी सीताका माइला भाइ हुन् । चितवनमा बस्दै आएका पौडेलको शुक्रबार निधन भएको हो । उनको शुक्रबारै देवघाटमा अन्त्यष्टि गरिएको माअोवादी चितवनका नेता गोपाल न्यौपानेले बताए ।
प्रचण्डका भाइ नारायण दाहालले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए । प्रचण्ड पुत्र प्रकाश दाहालको मंसिरमा हृदयघातका कारण निधन भएपछि शोकाकुल बनेको प्रचण्ड परिवारमा पुनः शोक थपिएको छ ।
प्रचण्ड पुत्र प्रकाश दाहालको हृदयघातबाट निधन भएपछि त्यसता सीता दाहालको स्वास्थ्य अबस्था नाजुक बनेको छ । यसैमा भाइको निधन हुँदा सीतालाई पिडामाथि पिडा थपिएको छ ।
प्रतिक्रिया