• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    एम अधिकारी खोजेर सभामुखसमक्ष बुझाएको छु, कारबाही होस् : सांसद महत

    1.2K
    SHARES


    काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे संसद्मा दिनदिनैजसो आवाज उठिरहेको छ । कहिले सत्तापक्षका सांसदहरूले एमाले अर्थ विभागको एम अधिकारी को हो ? भनेर प्रश्न गरिरहेका हुन्छन् भने कहिले एमालेका सांसदहरूले एम अधिकारीलाई देखाएर अरु मुद्दाबाट ध्यान भड्काउन सत्तापक्ष लागेको भनिरहेका हुन्छन् ।

    एमालेले आफ्नो अर्थ तथा योजना विभागको एम अधिकारी को हो भनेर देखाउन नसक्दा सत्तापक्षका सांसदहरूले भने गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठाएर कारबाहीको माग गरिरहेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि एम अधिकारीको प्रसंग आएको छ । सत्तारुढ माओवादी केन्द्रका सांसद गजेन्द्र महतले एम अधिकारी भेटिएको र कारबाही गर्न सभामुख सामू राखेको बताएका छन् ।

    समिति गठन माग गर्दा पनि संसदले नसुनेको अवस्थामा आफूले खोजेर सभामुख कहाँ एम अधिकारी राखेकोले कारबाही गरियोस् भन्ने उनको माग थियो । यसअघि उक्त विभागमा हालका गभर्नर महाप्रसाद अधिकारी, खोटाङ थिए । उनैको नामको छोटकरी रुप राखेर विभागमा राखिएको आशंका गरिएको छ ।

    एस्तोछ प्रतिनिधिसभाको बैठकमा एम अधिकारीको प्रसंगमा सांसद गजेन्द्र महतले राखेका भनाइ :

    केही दिन पहिले संसद्मा सीसीटीभी फुटेज र एम अधिकारीको खोजीको आवाज सशक्तसँग उठ्यो । सीसीटीभी फुटेजको बारेमा त समिति बन्यो । एम अधिकारीका बारेमा खासै सुनुवाइ हुन सकेन । मैले सुन्दैछु सीसीटीभी फुटेजको समिति केही हात नलागेर फिर्ता भयो ।

    मैले पहिले भनेकै थिए सीसीटीभी फुटेजतिर नलागौं बरु एम. अधिकारी खोजौं । लामो समय खेर फाल्नुभयो उहाँहरूले । एम. अधिकारी खोजौं भन्दा प्रतिपक्षका साथीहरूले कुरा बुझ्नुभएन । मैले एम. अधिकारी खोजौं भनेँ उहाँहरूले एमराज खोजौं भनेजस्तो मान्नुभएछ । प्रतिपक्षका रथी, महारथीहरूले ठूलै बमबारी गरे, गोलाबारी गरे उफ्रिएर त्यो पनि तपाईंहामी सामू बिदितै छ ।

    संसदमा सशक्तसाथ आवाज उठिसकेपछि एम. अधिकारी त खोज्नै पर्‍यो । अधिकारी थरका मान्छेले, त्यो पार्टीका मान्छे, यो सदनले नखोजे पनि मैले त सांसदका नाताले खोज्नुपर्‍यो । म खोज्न रातदिन लागे । मैले प्रमाण पनि भेटाएँ । एम. अधिकारी भन्ने मान्छे खोज्न डिक्सनरी पनि हेरे । सबै हेरे । अन्तिममा मैले के भेटाए भने एम भनेको ‘मनी’ । मनी भनेको पैसा, ढुकुटी, रुपैयाँ । अधिकारी भनेको अधिकार भएको मान्छे । पैसामा अधिकार भएको मान्छे । अथवा ढुकुटीमा अधिकार भएको मान्छे भन्ने बुझाउँदो रहेछ । को छ त पैसामा अधिकार भएको, ढुकुटीमा अधिकार भएको मान्छे भनेर हेर्दा तिनी गभर्नर रहेछन् ।

    गभर्नरलाई पैसाको अधिकार भएको मान्छे अथवा एम अधिकारी भन्दो रहेछ । त्यसो भएको हुनाले समिति त बनेन, त्यो थरको मान्छे पनि होइन तर पनि मैले एम अधिकारी भन्ने मान्छे खोजेर सभामुख समक्ष बुझाएको छु । त्यो ‘मनी’ अधिकारी, ढुकुटीको अधिकार भएको मान्छे गभर्नर सभामुखको अगाडि बुझाएको छु । उहाँमाथि कारबाही होस् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया