• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    सङ्घ र प्रदेशकाे चुनाव मङ्सिर ४ गते नै हुन्छ : प्रवक्ता महत

    764
    SHARES


    काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् ।  शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताएका हुन् ।

    उनले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा हुने बताए । प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरुक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन दिए । काँग्रेसभित्र पार्टीको विचार संस्थागत विचार राख्न चासो नदिने गरेको बताए ।

    उनले काँग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुने गरेको उल्लेख गरे । प्रवक्ता महतले आफ्नो आकांक्षा र कुण्ठालाई त्यागेर आगामी निर्वाचनको बारेमा सूचना प्रकाशन गर्न निर्देशन दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ