• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले नियमको पालना पालना नगरेको निष्कर्ष

    885
    SHARES


    काठमाडौं । संसदीय विशेष समितिले सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले नियमको पालना नगरेको निष्कर्ष निकालेको छ । करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज मगाएको थियो । तर, १३ दिनमा डिलिट भएको जवाफ पाएको थियो ।

    डिलिट भएको सीसीटीभी फुजेट रिकभर गर्दा पनि प्रष्ट नभएको समिति सदस्यहरुले बताएका थिए । साथसाथै सिंहदरवार प्रवेश गर्ने दक्षिण र पश्चिम गेटको सीसीटीभी पनि मगाएको थियो । गृह मन्त्रालयले पनि १६ दिनमा सीसीटीभी फुटेज स्टोरेज रहने भनेको थियो । यही परिवेशमा समितिले सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले नियमको पालना नगरेको निष्कर्ष निकालेको हो ।

    ‘सीसीटीभी जडान तथा सञ्चालन निर्देशिका, २०७२ लाई अर्थ मन्त्रालय र निर्देशिका जारी गर्ने गृह मन्त्रालय समेतले पूर्ण रूपमा पालना नगरेको देखिएकाले सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले अनिवार्य रूपमा पालना गर्नु पर्दछ’, निष्कर्ष तथा सुझाव खण्डमा उल्लेख छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया