• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    चिन र अमेरिकाले एक अर्कालाइ चेतावोनी दिनुको एस्तो छ रहस्य 

    1.6K
    SHARES


    काठमाडौँ। ताइवानको विषयलाई लिएर चीन र अमेरिकाले एक अर्कालाई चेतावनी दिएका छन् । दुई देशका राष्ट्रपतिबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका हुन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको हैसियत परिवर्तन गर्ने चीनको एक पक्षीय कदम रहेको र त्यसमा आफूहरुको विरोध रहेको बताए । साथै उनले ताइवानबारेको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि उल्लेख गरेका छन् । तर चिनियाँ राष्ट्रपति सी ले बाइडेनलाई एक चीन नीतिको सिद्धान्त पालना गर्न सुझाव दिए ।

    अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पोलिसी ताइवान भ्रमणमा जान लागेको खबरपछि अमेरिका र चीनबीच तनाव थप बढेको छ । अमेरिकी परराष्ट्र मन्त्रालयले पोलिसीको कुनै त्यस्तो भ्रमण योजना नरहेको बताएको छ । चीनले यो भ्रमण अघि बढाए गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी समेत दिएको बीबीसीले जनाएको छ ।

    चीनले ताइवानलाई आफ्नै देशबाट अलग रहेको प्रदेशका रूपमा हेर्ने गरेको छ ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया