• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चन्द्रागिरीको गोदामचौरमा राँगोलाई किन हानियो गोली?

    1.7K
    SHARES


    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका ४ गोदाम चौरमा आतंक मच्चाएको भन्दै एउटा राँगोलाई गोली हानी मारिएको छ । आज बिहान साढे ७ बजेतिर राँगो मारिएको हो । थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान ३ बजेतिर झार्ने क्रममा भागेको थियो ।

    सो राँगोले त्रिभुवनपार्क, चेकपोष्ट, गोदामचौर लगायतका स्थानमा दौडिएको थियो । ‘करिब ३ किलोमिटर दौडिएपछि गोदामचौरको एक जनाको बारीको कम्पाउण्डमा छिर्यो । त्यो कम्पाउण्डमा छिरेको पनि चार घण्टापछि गोली हानेर मारियो,’ थानकोट प्रहरीका डिएसपीले भने ।

    प्रहरीका अनुसार राँगोले कसैलाई घाइते भने बनाएको थिएन । तर मानवीय क्षति पुर्याउन सक्ने सम्भावना देखिएपछि मार्नु परेको प्रहरीले जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ