• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एक हजार चोरेको रिसमा पत्नीको बिभत्स हत्या

    532
    SHARES


    बुटवल । रुपन्देहीमा पत्नी हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका-१ डेलरका ३३ वर्षका यमबहादुर थापाले एक हजार रुपैयाँ चोरेको रिसमा कुटपिट गर्दा ३१ वर्षकी पत्नी सावित्री थापा क्षेत्रीको मृत्यु भएको खुलेको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार सावित्रीले साउन १० गते साँझ दराजमा श्रीमानले राखेको एक हजार रुपैयाँ झिकेकी थिइन् । राति २ बजे यमबहादुरले पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई किन नसोधी पैसा झिकेको भनी कुटपिट गर्दा मृत्यु भएको खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताएका हुन् ।

    यमबहादुरलाई ज्यानसम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अदालतबाट अनुमति लिइसकेको मरासिनीले जानकारी दिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ