• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नुवाकोटका प्रदेश सभापति पौडेललाई कारबाहीका लागि सिफारिस

    371
    SHARES


    काठमाडौँ। नेपाली काँग्रेस सूर्यगढी गाउँपालिका कार्यसमितिले नुवाकोट क्षेत्र नम्बर १ प्रदेश ख का पार्टी सभापति रामजी पौडेललाई कारबाहीका लागि सिफारिस गरेको छ । विहीबार बसेको समितिको बैठकले टिकट वितरणमा व्यापक आर्थिक चलखेल गरेको भन्दै पौडेललाई कारबाहीको सिफारिस गरेको हो ।

    पौडेलले सूर्यगढी गाउँपालिकाभित्र अनधिकृत रूपमा पार्टीका बैठकहरू गरेर पार्टीभित्र विखण्डन ल्याएको समेत आरोप लगाइएको छ । पौडेलमाथि हदैसम्मको कारबाही गर्न जिल्ला, प्रदेश र केन्द्रीय समितिमा लेखी पठाउने गाउँपालिका समितिको निर्णयमा उल्लेख छ ।

    गत वैशाख ३० को स्थानीय चुनावमा नुवाकोट काँग्रेसभित्र टिकट वितरणमा आर्थिक चलखेल चर्चा भए पनि सूर्यगढी काँग्रेसले सभापति पौडेलमाथि गम्भीर आरोप लगाएको हो । पौडेलले भने आफूमाथि लगाइएको आरोप निराधार भएको बताए ।

    ‘मलाई कारबाहीका लागि सिफारिस गर्ने कुरा हाँस्यास्पद छ । चुनावमा अर्को पार्टीलाई सहयोग गरेपछि सूर्यगढी गाउँपालिका सभापति शंकर बहादुर प्याकुरेललाई सबै वडा सभापति र जनप्रतिनिधिबाट कारबाहीको सिफारिस भयो,’ उनले भने, ‘त्यसैबाट आफू बच्नका लागि मलाई कारबाहीको सिफारिसको नाटक गरिएको हो ।

    यो अरु केही होइन ।’ अध्यक्ष प्याकुरेलले अराजकपन देखाएको भन्दै यसमा कुनै सत्यता नभएको पौडेलको दाबी छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ