• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    चितुवाको छालासहित दुईजना पक्राउ

    731
    SHARES


    कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट प्रहरीले चितुवाको छालासहित पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ । कृष्णपुर नगरपालिका-३ देखतभुलीस्थित निरञ्जन मल्लको खेतमा लुकाइराखेको अवस्थामा बुधबार साँझ दुई वटा वयस्क चितुवाको छाला सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

    जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी बरामद गरिएको छाला र पक्राउ परेको दुवै जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा डडेलधुराको अमरगढी नगरपालिका-३ काँडेकी ४० वर्षीय मालती मल्ल सेठ्ठी र अमरगढी नगरपालिका-२ जोसिनाका २९ वर्षीय मोहन सार्की रहेका छन् । बरामद गरिएको एउटा छालाको लम्बाइ ८ फिट ८ इन्च र चौडाइ ३ इन्च तथा अर्को छालाको लम्बाइ ७ फिट २ इन्च र चौडाइ २ फिट ८ इन्छ ।

    दुईवटा छाला वयस्क चितुवाकै भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त छाला सुदूरपश्चिमकै पहाडी क्षेत्रबाट आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए । बोराभित्र बाँधेर खेतमा लुकाएको अवस्थामा बरामद गरेको डिएसपी शाहले बताए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ