• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    एक वर्षमा साढे २१ करोडभन्दा बढीको तास आयात

    652
    SHARES


    काठमाडौँ। गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँभन्दा बढीको तास विभिन्न देशबाट आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्यको तास आयात गरेको हो ।

    सो अवधिमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँको तास नेपाल भित्रिएको विभागले जनाएको छ । उक्त मूल्यमा १ करोड ९ लाख ६० हजार ५४७ बुक तास नेपाल भित्रिएको छ । चीन, फ्रान्स, जर्मनी, हंगेरी, भारत र अमेरिकाबाट नेपालमा तास आउने गरेको विभागले जनाएको छ ।

    विभागका अनुसार नेपालमा सबैभन्दा बढी तास चीन र भारतबाट आउने गरेको छ । गत आर्थिक वर्ष चीनबाट १९ करोड ७१ लाख ८० हजार रुपैयाँ र भारतबाट १ करोड ८२ लाख ५८ हजार रुपैयाँको तास नेपालले आयात गरेको छ ।
    अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको १ करोड ३९ लाख ६९ हजार १३५ बुक तास आयात गरेको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ