• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौं उपत्यकामा मात्रै एकैदिन २२ सयबढी सवारी चालकमाथि कारवाही

    579
    SHARES


    काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २७६ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बुधबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७४ जना, मदिरा पिएर सवारी साधन चलाउने १२० जना, लेन उल्लंघन गर्ने १०४ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९७ जना र तिब्र गतीमा सवारी साधन चलाउने ७५ जना सवारी चालक रहेका छन् ।

    यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६२ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २८ जना र क्षमता भन्दा बढी यात्रु राख्ने १७ जना चालकमाथि पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

    लेन, ट्राफिक लाइट उल्लंघन र मादक पदार्थ सेवनको कारवाहीमा परेका ३४३ जना चालक कार्यालयले सञ्चालन गरेको सचेतना कक्षामा बुधबार सहभागी भएका थिए ।

     

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ