• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष समाचार

    चिनियाँ नेता फर्केको दुई सातामै अमेरिकी मन्त्रीको नेपाल भ्रमण

    663
    SHARES


    काठमाडौँ। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख लिउ जियान्चाओ नेपाल भ्रमणबाट फर्केको दुई साता नबित्दै अमेरिकी उच्च अधिकारी काठमाडौं  आउदै छन् ।

    अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आउँदै छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको साउन पहिलो साताका लागि तय अमेरिका भ्रमण रोकिएका वेला लु नेपाल आउदै छन् । लु साँझ नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए ।

    उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालगायत राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने बताइएको छ । नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही समयपछि लू नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ