• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली समाचार

    श्रीमतीलाई फोनहरि कर्णालीमा हाम फाल्छुभन्ने सोनाम वेपत्ता

    1.1K
    SHARES


    काठमाडौँ। मुगुका एक पुरुषले श्रीमतीलाई फोन गरेर कर्णालीमा हाम फाल्छु भनेर वेपत्ता भएका छन् । वेपत्ता हुनेमा मुगमकार्मारोङ गाउँपालिका -८ माङ्ग्रीका २७ वर्षीया सोनाम तामाङ रहेका छन् ।

    सक्ली भन्ने स्थानमा आफ्नै गोठमा बस्ने गरेका उनले मंगलबार बेलुकातिर घरमा श्रीमतीलाई फोन गरी म कर्णाली नदीमा हाम फाल्छु भनेका थिए । त्यसपछि मोबाइल अफ गरेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी हिराबहादुर पाण्डेले जानकारी दिए ।

    उनका अनुसार सोनामले रु.४५ हजार आफु बस्ने ठाउँमा छोडेर बेपत्ता बनेका छन् । यद्यपि परिवारले बुधबार बिहान १० बजेमात्रै खोजविनका लागि प्रहरीलाई खबर गरेको उनले बताए । पाण्डेका अनुसार प्रहरी चौकी छाइललाले उनको खोजी कार्य जारी राखेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया