• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे घर फर्कन इच्छुक

    1K
    SHARES


    काठमाडौं । श्रीलंकाली सरकारका प्रवक्ता बान्दुला गुणबद्र्धनले पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे घर फर्कन इच्छुक रहेको बताएका छन् ।

    अहिले सिंगापुरमा रहेका गोटाबाया श्रीलंका फर्कन इच्छुक रहेको तर कहिले फर्कने भन्ने टुंगो नलागेको उनले बताएका छन् । पत्रकारसँग बान्दुलाले भने, ‘मेरो जानकारीमा भए अनुसार उहाँ स्वदेश फर्कन इच्छुक हुनुहुन्छ ।’

    देश आर्थिक संकटमा फसेपछि नागरिकले गरेको प्रदर्शन उग्र बन्दै गएपछि उनी भागेका थिए । माल्दिभ्स हुँदै सिंगापुर पुगेका उनले त्यहीबाट राजीनामा पठाएका थिए ।

    सिंगापुर सरकारका अनुसार गोटाबायाले राजनीतिक शरण मागेका छैनन् । उनले नियम अनुसार सिंगापुरमा बस्नका लागि १४ दिनको भिषा लिएका थिए । उनको भिषाको म्याद फेरि १४ दिन थपिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया