• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    फोहोरले बढायो प्रदूषण, कहिले बन्छ सिसडोलको सडक?

    708
    SHARES


    काठमाडौँ । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि फोहोर बञ्चरेडाँडामा पठाउन सक्ने सम्भावनाबारे अध्ययन गर्न एक टोली सिसडोल पठाएको छ । सडक मर्मतको काम नसकिएकाले बिहीबारदेखि नै सिसडोलमा फोहोर जाने सम्भावन न्यून रहेको टोलीमा सहभागीहरुले बताएका छन् ।

    बञ्चरेडाँडामा सडक निर्माणको काम हेर्ने महानगरका वातावारण तथा सरसफाइ समितिका संयोजक बालकृष्ण महर्जन, वातावरण विभाग प्रमुख सरिता राई, प्रवक्ता नवीन मानन्धरको टोली सिसडोल पुगेको छ ।

    सिसडोलमा सडकको अवस्था हेर्न पुगेका महानगरका प्रवक्ता नवीन मानन्धर फोहोर उठ्ने सम्भावना कम देखिएको बताउँछन् । ‘हामी यहाँ साइटमै छौं, बाटो निर्माण धमाधम भइरहेको छ,’ उनले भने, ‘यहाँको अवस्था हेर्दा भोलिदेखि फोहोर उठ्ने सम्भावना भने कम छ ।’ तर, फोहोर सिसडोल जानेवा नजाने भन्नेबारे बेलुका मात्रै निर्णय हुने उनले बताए ।

    अहिले उपत्यकाको फोहोर ढुवानी हुने सडकखण्ड अन्तर्गत सिसडोलको ल्यान्डफिलसाइटको फोहोरको थुप्रोमाथिबाट बनाइएको सडक बनाउने काम चलिरहेको छ । सडक हिलोले भासिएपछि ग्याबिन जाली राखेर व्यवस्थापन गर्ने काम हुँदैछ । झण्डै सय जनाले काम गरिरहेपनि वर्षातका कारण काम सकाउन सकस भएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।

    सिसडोलमा पुगेको महानगरको टोलीले साँझसम्म महानगरलाई आफ्नो स्थलगत अध्ययनको रिपोर्ट पेश गर्नेछ । त्यसका आधारमा महानगरपालिकाले निर्णय गर्ने भएको छ  ।

    फोहोर सिसडोल जाने/नजाने निश्चित नभएपनि काठमाडौं महानगरपालिकाले बिहीबारदेखि फोहोर संकलन गर्ने भन्दै सूचना जारी गरिसकेको छ । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले जारी गरिएको सूचनामा भनिएको छ, ‘साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको छ । १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईंको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन, त्यसै सूचनामार्फत महानगरवासीमा अनुरोध गरिएको छ । ’

    प्रवक्ता महर्जन स्थानीयलाई सडकमा फोहोर नफाल्न पहिल्यै सूचीत गरिएको बताउँछन् । काठमाडौं महानगरपालिकाले ४ साउनमा सात दिन फोहोर नउठ्ने भन्दै सूचना जारी गरेको थियो । तर, स्थानीयले सडकमा फोहोर ल्याएर थुपारेको उनको गुनासो छ । त्यही फोहोर अहिले सडक किनार र गल्लीमा कुहिन थालेका छन् । जसले सहरमा दुर्गन्ध फैलिन थालेको छ । बल्खु, कालिमाटी, टेकु, रत्नपार्क, बानेश्वर, कोटेश्वर लगायतका क्षेत्रहरुमा सडकमा थुप्रिएको फोहोर कुहिन थालेको हो ।

    ‘हामीले कुहिने र नकुहिने फोहोर छुट्याएर घरभित्रै राख्न अनुरोध गरेका थियौं,’ उनले भने, ‘तर सबैसम्म त्यो सूचना पुगेन वा लामो समय सम्मको फोहोर भएर जनताले सडकमा ल्याए । अब त्यस्तो अवस्था दिन धेरै रहँदैन ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ