• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय समिद्वारा प्रतिवेदन लेख्न सुरु

    589
    SHARES


    काठमाण्डाै। पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन लेख्न थालेको छ । अध्ययन-अनुसन्धानको काम सकिएपछि आजदेखि प्रतिवेदन लेख्न थालिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन् ।

    समितिलाई दोस्रो पटक थपिएको समय आज सकिँदैछ । आज प्रतिवेदन लेखिसकेर भोलि संसद सचिवालयमा बुझाउने तयारी गरिएको सचिव अर्यालले बताए । तर प्रतिवेदनले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा पुगेका हुन् या होइनन् भन्ने बारेमा ठ्याक्कै भन्न नसक्ने देखिन्छ । अर्थ मन्त्रालयले सीसीटीभी फुटेज डिलिट भयो भने पनि प्रहरीको फरेन्सिक ल्याबमार्फत हार्डडिस्क रिकभर भएको छ ।

    तर फुटेजमा स्पष्ट दृष्य नभएको र भरपर्दो प्रमाण नभेटिँदा समितिले करका दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्न पुष्टि गर्ने आधार फेला पारेको छैन । फरेन्सिक ल्याबबाट प्राप्त फुटेजलाई अविश्वास गर्न पनि नसकिएको र विश्वास गर्दा पनि स्पष्ट दृष्य नपाएकोले दोधारमा परिएको एक सदस्यले बताए । समितिले हिजो फरेन्सिक ल्याबकै विज्ञसँग पनि छलफल गरेको थियो । चालु आर्थिक वर्ष २०७९/८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ ।

    यो आरोपबारे छानबिन सभामुख अग्नि सापकोटाले असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेसँगै अर्थमन्त्रीबाट शर्माले राजीनामा दिएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ