• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अबको २ वर्षपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट बाहिरिने रुसको घोषणा

    868
    SHARES


    काठमाडौँ। रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसबाट बाहिर निस्कने घोषणा गरेको छ । रुसले सन् २०२४ पछि आफू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसबाट बाहिरिने घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

    सन् २०२४ सम्म भने आफ्नै अन्तरिक्ष स्टेशन आर्बिटल सेग्मेन्ट आरओएसको निर्माण र सञ्चालनको लागि रुसले आईएसएस अन्तर्गत रहेर काम गर्नेछ । रुसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसका प्रमुख दिमित्री रोगोजिनले आईएसएसबाट आफ्नो देश बाहिर निस्कने र अन्तरिक्षमै रुसी आर्विटल सेग्मेन्ट आरओएस निर्माण गर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

    रुस सन् १९९८ मा आईएसएसमा सामेल भएको थियो । रुसले यसअघि सन् २०१५ मा नै सन् २०२४ पछि अन्तरिक्ष स्टेशन सञ्चालन गर्ने घोषणा गरिसकेको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ