• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति

    आरजु राणा र चौथाइवालेबीच दिल्लीमा भेटवार्ता

    1K
    SHARES


    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं काँग्रेसकी नेतृ आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालाबीच भेटवार्ता भएको छ ।

    उपचारको क्रममा लामो समयदेखि भारतको दिल्लीमा रहेकी देउवा र चौथाइवालेबीच आज भेटघाट भएको छ । ६ महिनापछि दिल्लीमा भेटघाट भएको चौथाइवालाले बताएका छन् ।

    चौथाइवालेले भेटघाटको तस्विर आफ्नो ट्वीटरमा राखेका छन् । भजपाका विदेश विभाग प्रमुख चौथाइवाले नेपाल भ्रमणमा आएको बेला आरजु देउवाले चौथाइवालेलाई राखी बाँधेकी थिइन् ।

    हालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भाजपाको निमन्त्रणमा दिल्ली गएको बेला आरजु देउवाले पनि भेटघाट गरेका थिए । प्रचण्ड र देउवाबीच भएको भेटघाटलाई लिएर नेपालमा विभिन्न टिकाटिप्पणी भएको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया