• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    ११ वर्षीया बालिका बलात्कृत

    1.1K
    SHARES


    काठमाडौँ। गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका-४ कुबिन्डे बस्ने ४० वर्षीय भुपाल अधिकारीलाई मंगलबार राति पक्राउ गरेको छ ।

    अधिकारीले ती बालिकालाई ललाई फकाई सोही ठाउँ स्थित खरबारीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी इस्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    यस्तै कञ्चनपुरमा पनि पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले लालझाँडी गाउँपालिका-२ कञ्ज कसुवा बस्ने ५५ वर्षीय राम दत्त रानालाई मंगलबार साँझ पक्राउ गरेको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया