• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सरकार नेपाललाई एसियाकै उदाहरणीय मुलुक बनाउन चाहान्छ : ज्ञानेन्द्र कार्की

    558
    SHARES


    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल दक्षिण एसियामै उदाहरणीय मुलुकका रुपमा उभिने गरी काम गरिरहेको बताए ।

    बुधबार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सरकारले खुला समाज, स्वतन्त्र समाजको निर्माण गरेर दक्षिण एसियामा नै उदाहरणीय मुलुकको रुपमा उभिन चाहेको बताएका छन् ।

    ‘यो सरकार संविधानले परिकल्पना गरेको नागरिकको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण सम्बर्द्ध गर्दै त्यतिमा मात्र सीमित नभएर एउटा खुला समाज, स्वतन्त्र समाजको निर्माण गरेर दक्षिण एसियामा नै उदाहरणीय मुलुकको रुपमा आफूलाई स्थापित गर्न चाहन्छ’ उनले भने, ‘त्यस दिशामा सबै मिडिया जगतको सहयोग यो सरकारले प्राप्त गर्ने भन्ने विश्वास छ ।’

    मन्त्री कार्कीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार प्रतिवद्ध रहेको पनि बताए । उनले स्वस्थ र सत्यतथ्य आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ भन्ने कुरामा सरकार पूर्ण रुपले सचेत र विश्वस्त रहेको पनि उल्लेख गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ