• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सीसीटिभी फूटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयको सर्कुलर

    578
    SHARES


    काठमाडौँ। गृह मन्त्रालयले सवै सरकारी निकायलाई कार्यालयको सीसीटिभी फूटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई सो निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    गृहसचिव टेक नारायण पाण्डेले मंगलबार सो सर्कुलर गरेका हुन् । मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटिभी फूटेज सुरक्षित रहने जानकारी दिएको छ । सिंहदरबार क्षेत्रको सीसीटिभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले गर्दै आएको छ ।

    सिंहदरबार भित्रको सीसीटिभीको अनुगमन नेपाल प्रहरीको सिंहदरबार भित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्दै आएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ