• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

    673
    SHARES


    काठमाडौँ। राष्ट्रियसभामा उत्पत्तिको भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकले सर्वसम्मतिले यो विधेयक पारित गरेको हो । २०७६ माघ ६ गते प्रतिनिधिसभामा दर्ता भएको यो विधेयक २०७८ साउन २० गते राष्ट्रिय सभाले पारित गरेको थियो ।

    राष्ट्रियसभाले पारित गरेको १ वर्षपछि प्रतिनिधि सभाले यो विधेयक पारित गरेको हो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो ऐनको रुपमा कार्यान्वयनमा आउनेछ । विधेयक प्रमाणीकरण भएको ३१ औं दिनदेखि प्रारम्भ हुनेछ ।

    प्राचीन दर्शनमा आधारित आयुर्वेद विज्ञान सम्बन्धि अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रविधिमा आधारित, व्यापक, व्यवहारिक तथा व्यवसायिक बनाउने उद्देश्यका साथ सरकारले ल्याएको आर्थिक वर्ष २०७३–७४ को बजेट कार्यक्रममा समावेश भएको विषयलाई विधेयकको रुपमा अघि बढाइएको थियो ।

    यो विधेयक ऐनको रुपमा कार्यान्वयनमा आएपछि आयुर्वेद चिकित्साको क्षेत्रमा अध्ययन अनुसन्धान अघि बढ्नुका साथै आयुर्वेद चिकित्साको क्षेत्रमा दक्ष जनशक्ति तयार हुने अपेक्षा लिइएको छ । प्रतिनिधिसभाको अर्को बैठक साउन ११ गते शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ