• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाल सम्पत्ति शुद्धीकरणकाे कालाेसूचीमा पर्न सक्छ : गगन थापा

    515
    SHARES


    काठमाण्डाै।  नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको बताएका छन्  ।

    आज मङ्गलवार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको तर यो पटक कालोसूचीमा पर्नसक्ने अवस्था रहेको बताएका छन्। उनले नेपाललाई सम्पत्ति शुद्धीकरणको  कालोसूचीमा पर्न नदिन सरकारले के-के काम गरिरहेको छ भन्नेबारेमा संसदलाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।

    थापाले सम्पत्ति शुद्धीकरणसम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसदमा जानकारी गराउनु पनि माग गरेकाछन् । उनले भने, ‘फाइनान्सियल एक्सन टाक्स फोर्स अन्तर्गतको एसिया प्यासिफिक ग्रुप अफ मनी लन्डरिङको सदस्य हो । यसले आउँदाे अक्टोबर र नोभेम्बरमा मूल्याङ्कन गर्दैछ । नेपालमा मनि लन्डरिङ सम्बन्धि कानुन प्राप्त नबनिसकेको, बनेको कानून पनि प्राप्त कार्यान्वयन नभएको, व्यापक कर छली, बढ्दो भष्टाचार र अपराधीकरणको कारणले गर्दा हाम्रो देशको यस्तो मूल्याङ्कन अति जोखिममा रहेको छ । नेपाल विगतमा कालोसूचीमा पर्दापर्दै बचेको भए पनि यो पटक बच्न नसक्ने सम्भवना छैन । नेपाल कालोसूचीमा पर्ने सम्भावना बढ्दै गएको हो भने कालोसूचीमा पर्न नदिन सरकारले के–के गरिरहेको छ । अविलम्ब संसदलाई सरकारले जानकारी दिन आग्रह गर्दछु ।’

    थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा परेमा रेमिट्यान्स र आयातमा निर्भर नेपालको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने र एलसी खोल्न नपाइने दाबी समेतागेरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ