• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    धादिङमा पहिरोले घर पुर्दा एक जनाकाे मिर्तु

    584
    SHARES


    धादिङ । धादिङकाे  निलकण्ठ नगरपालिका-४ रानागाउँ बेसीघरमा पहिरोले घर पुर्दा एक जनाको ज्यान गएकाे छ । घरमाथिबाट आएको पहिरोले पुरिँदा ३० वर्षीया शर्मीला थापामगरको ज्यान गएकाे छ ।

    यस्तै, अरुण खाेलामा बाढी आउँदा पाँच वटा घरमा क्षति पुगेकाे छ । स्थानीय सुरेश राना र दिपेन्द्र रानाको घर पूर्ण रुपमा भत्केको छ भने राजकुमार राना, साहिँला राना र नारायण श्रेष्ठको घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताएका छन् ।

    पहिराे कारण बन्द भएको धादिङबेसी मलेखु-सडक डोजरले पहिरो हटाएपछि सञ्चालनमा आइसकेकाे उनले बताएका छन्। धादिङबेसी-तिप्लिङ, धादिङबेसी-खाल्टे-फोस्टार, धादिबेसी-सुनौलाबजार सडक खण्ड भने पहिरोका कारण अवरुद्ध रहेका छन् ।

    धादिङबेसीबाट सल्यानटारतर्फ लगिएको ३३ केभी प्रसारण लाइनमा क्षति पुगेकाले धादिङको ज्वालामुखी, गङ्गाजमुना, त्रिपुरासुन्दरी र गोरखाको केही भागमा समेत विद्युत् सेवा अवरुद्ध भएको भण्डारीले बताएका छन् । मर्मत गर्न ३/४ दिन लाग्ने नेपाल विद्युत् प्राधिकरण धादिङले सूचना प्रकाशन गरेर जानकादिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ