• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    एमाले निकट खेलकुद महासंघका सचिव र केन्द्रीय सदस्यमाथि बलात्कारको अभियोग

    1K
    SHARES


    काठमाडौँ। एमाले निकट नेपाल खेलकुद महासंघका सचिव विनोद राउत र केन्द्रीय सदस्य सुरज सुवेदी जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका छन् ।

    सुनसरी इटहरीकी १९ वर्षीय एक युवतीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । गत शनिबार पक्राउ परेका उनीहरुलाई म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुवै जनाले युवतीलाई जबर्जस्ती पटकपटक बलात्कार गरेको अभियोग लागेको छ । ती युवतीले उनीहरुविरुद्ध किटानी जाहेरी दिएको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
    राउत नेपाल खेलकुद महासंघका सचिव, कराँते मोरङका सहायक प्रशिक्षक, मोरङ तालिम विभागको उपनिर्देशक पनि हुन् ।

    उनी विराटनगरका विभिन्न सामाजिक संघ संगठनमा पनि रहेका छन् भने जग्गा कारोबारी पनि हुन् ।

    सुवेदी भने विराटनगर अस्पतालका सुरक्षा विभागमा कार्यरत छन् । उनी पनि एमाले निकट खेलकुद संगठनहरुमा सक्रिय छन् । उनीहरु दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । दुवै जना विराटनगरका  रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया