• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    विद्यालयको जमिन व्यक्तिको कब्जामा, क्यान्टिनमा बाख्रापालन

    0.9K
    SHARES


    काठमाडौँ। बैतडीको सुर्नया गाउँपालिका-७ मा रहेको केदार माध्यमिक विद्यालयको भवन स्थानीयले बाख्रा बाँध्ने खोरको रुपमा प्रयोग गरेका छन् । स्थानीय गणेश साउदले विद्यालयको घरमा करिब १ दर्जन बाख्रा बाँध्नुका साथै घाँसदाउरा समेत राख्ने गरेको पैएको छ ।

    साउदले विद्यालयको नाममा रहेको उक्त जमिन आफ्नो रहेको दाबी गर्दै विगत चार महिनादेखि बाख्रा बाँध्ने गरेको पाइएको छ । गत वर्ष नापी कार्यालयबाट प्राविधिक टोली बोलाएर नापजाँच गर्ने क्रममा उक्त भवनको जमिन विद्यालयको नाममा रहेको भेटिएको विद्यालयका प्रधानाध्यापक उत्तरबहादुर कुँवरले बताए ।

    विद्यालयको जमिनमा रहेको संरचना विद्यालयले नै प्रयोग गर्न पाउनुपर्ने उनको भनाइ छ । तर, स्थानीय गणेश साउद जमिन आफ्नो रहेको दावी गर्छन् । २०५२ सालमा शिखरपुर स्वास्थ्य चौकीको लागि उक्त भवन निर्माण गरिएकोमा थप संरचना निर्माणका लागि जमिन पर्याप्त नभएकाले अर्को ठाउँमा सारिएको थियो ।

    स्वास्थ्य चौकी अर्को ठाउँ सार्ने क्रममा विद्यालयले स्वास्थ्य चौकीलाई तीन लाख रुपैयाँ दिएको विद्यालयका लेखापाल कमल साउदले बताएका छन् । उक्त भवनलाई विद्यालयले दिवाखाजा पकाउने क्यान्टिनको रुपमा प्रयोग गर्दै आएको थियो ।

    तर, गणेश साउदले भने स्वास्थ्य चौकीलाई आफुले दान गरेको जमिनमा आफ्नो मात्रै हक हुने बताउँछन् । उनले भने, ‘२०५२ सालमा स्वास्थ्य चौकीलाई दान गरेको हुँ, स्वास्थ्य चौकी सरेपछि उक्त जमिन र संरचना मेरै हुन्छ ।’ नापीको टोली बोलाएर नापजाँच गरेको विषयमा आफू जानकार नरहेको उनी बताउँछन् ।

    गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरसहितको टोली छलफलमा बसे पनि स्थानीय गणेशबहादुर साउदले आफूले उक्त संरचना नछोड्ने अडान राखेपछि विवाद समाधान भैसकेको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ