• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौंको तिनकुनेमा संचालित कल सेन्टरमा प्रहरी छापा, १ जना चिनियाँ पक्राउ

    807
    SHARES


    काठमाडौँ। काठमाडौंको तिनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । घर भाडामा लिएर कल सेन्टरको आवरणमा साइबर अपराध गरेको आशंकामा छापा मारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । कल सेन्टरबाट ल्यापटप बरामद गर्ने र मुचुल्का बनाउने काम भइरहेको एसपी मैनालीले जानकारी दिए । आइतबार बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा पनि छापा मारेको थियो ।

    यसअघि काठमाडौंको बानेश्वर, सामाखुसी र भक्तपुरमा पनि प्रहरीले छापा मारेर चिनियाँ र त्यहाँ कार्यरत नेपाली कामदारलाई पक्राउ गरेर मुद्दा चलाउँदै आएको छ । २०७६ पुस ७ मा काठमाडौंको महाराजगञ्ज लगायतका ठाउँबाट १२२ जना नेपालीलाई पक्रेर डिपोर्ट गरिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ