• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गायिका दिलमाया सुनारको हत्या आरोपित जेल चलान

    1.4K
    SHARES


    काठमाण्डाै । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या गरेको आरोप लगेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका खिलबहादुर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

    काठमाण्डौ जिल्ला अदालतको आदेशमा श्रेष्ठ आज साेमवार केन्द्रीय कारागार चलान भएका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । सुनारको शव गएको असार ११ गते काठमाण्डौको तारेश्वर नगरपालिका नेपालटारको आफ्नै कोठामा भेटिएको थियो ।

    सुरुमा हेर्दा घटना आत्महत्या जस्तो देखिए पनि अनुसन्धान गर्दै जाँदा सुनारको घाँटीमा डाम देखिएपछि प्रहरीले हत्या भएको आशङ्कामा सम्भावित आरोपीको खोजी गरेको थियो । अनुसन्धानका क्रममा सुनारको श्रीमान् भन्दै सात/आठ महिनादेखि उनीसँगै बस्ने सिन्धुपाल्चोकका खिलबहादुर श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान सुरु भएको थियो ।

    श्रेष्ठले बयानका क्रममा असार १० गते बेलुका ८ बजे सुनारको कोठामा गएर ११ गते बिहान ४ बजे सुनारको हत्या गरेर भागेको बताएको र अन्य प्रमाणका आधारमा प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय पठाएको थियो ।

    सरकारी वकिलले दर्ता गराएको मुद्दामा हिजो आइतवार काठमाण्डौ जिल्ला अदालतले श्रेष्ठलाई पुर्पक्षका लागि केन्द्रीय कारागारमा पठाउने आदेश दिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया