• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    चार वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ३ जनापक्राउ १ फरार

    692
    SHARES


    पर्सा। पर्सामा चार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । उनलाई बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले शनिबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका-२ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका-१६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन् ।

    प्रहरीका अनुसार बिहीबार साँझदेखि बालिका हराएकी थिइन् । उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोजी कार्य सुरु गरेको थियो । खोजीको क्रममा वीरगन्ज महानगरपालिका-२ छप्कैयास्थित खाली जग्गाको झाडीमा ती बालिकाको शव फेला परेको थियो ।

    थप अनुसन्धानका क्रममा घटनामा संलग्न १२ वर्षीय बालकलाई पक्राउ गरी थप सोधपुछ गरिएको थियो । सोधपुछका क्रममा ती बालक र अन्य ३ जनाको संलग्नतामा बालिकाको बलात्कारपछि हत्या गरिएको खुलेको थियो । घटनामा संलग्नमध्ये सलमान खानलाई सोही महानगरपालिका-२ घुसुकपुरबाट र १८ वर्षीय किशोरलाई सोही महानगरपालिका-१६ नगवास्थित सडकबाट प्रहरीले पक्राउ गरको हो ।

    उनीहरु उपर जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । घटनामा संलग्न हाल फरार एक जनाको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

     

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ