• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    भरतपुरको विकास द्रुत गतिमा अघि बढ्दै छ : रेनु दाहाल

    592
    SHARES


    काठमाडौँ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासका लागि आफु निरन्तर अघि बढिरहेको बताएकी छन् । भरतपुर आँखा अस्पतालले आयोजना गरेको अन्तर्राष्ट्रिय (आईएसओ) गुणस्तर चिन्ह हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकास द्रुत गतिमा अघि बढेको बताइन् । भरतपुरलाई देशको नमूना र विकासको मोडल खडा गर्ने उद्देश्यसहित मैदानमा उत्रिरहेको उनको भनाई थियो ।

    ‘हामी कहिले पनि थाकेका छैनौ’ उनले भनिन्, ‘निरन्तर गतिका साथ अघि बढेका छौ । थाक्नेवाला पनि छैनौ । रोकिनेवाला पनि छैनौ । विकासका लागि सकेको कोशिस गरिराखेका छौ । लागि परिराखेका छौ ।’ मेयर दाहालले भरतपुर विमानस्थल विस्तारका गर्न बनेको कार्यदलले १५ दिनमा प्राविधिक प्रतिवेदन बुझाउने समयसीमा दिइएको जानकारी दिइन् ।

    त्यस्तै निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कामलाई अगाडि बढाउन कार्यदल बन्दैछ, यो कार्यदलले २१ दिनभित्र प्रतिवेदन बुझाउने उनको भनाई छ । यी दुवै कामलाई अगाडि बढाउन मन्त्रिपरिषदबाट निर्णय गर्नेगरी कामहरु अघि बढेको मेयर दाहालले उल्लेख गरिन् ।

    भरतपुरबाट अबको केही समयमा विशेषज्ञसहितको स्वास्थ्यसेवा लिन स्वदेश बाट मात्रै नभई छिमेकी देशबाट पनि बिरामी आउने सम्भावना बढेको उनको धारणा थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ