• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अमेरिकासँग कुनै पनि सैनिक संघर्षका लागि उत्तर कोरिया पूर्ण रुपमा तयार छ : किम जोङ उन

    1K
    SHARES


    काठमाडौँ। किम जोङ उनले उत्तर कोरिया आफ्नो परमाणु प्रतिरोधक क्षमताको प्रयोगका लागि तयार भएको दाबी गरेका छन् । कोरियाली युद्धको वार्षिकीमा आयोजित एक कार्यक्रमका बेला उनले आफ्नो देश अमेरिकासँग कुनै पनि सैनिक संघर्षका लागि पूर्ण रुपमा तयार भएको बताएका छन् ।

    उत्तर कोरियाले आफ्नो सातौँ परमाणु परीक्षण गर्न सक्ने अडकलबाजीका बीच किम जोङ उनको यो बयान सार्वजनिक भएको हो । उत्तर कोरियाले आफ्नो अन्तिम परमाणु परीक्षण सन् २०१७ मा गरेको थियो । यद्यपि, कोरियाली प्रायद्वीपमा अब तनावका माहौल बढिरहेको देखिएको छ । उत्तर कोरियाको विशेष अमेरिकी प्रतिनिधि सुङ किमले यस वर्ष प्योङयाङले अभूतपूर्व संख्यामा मिसाइल परीक्षण गरेको बताएका छन् ।

    सन् २०१९ मा उत्तर कोरियाले २५ पटक मिसाइल परीक्षण गरेको थियो जबकी यस वर्ष उसले ३१ वटा परीक्षण गरिसकेको छ । जूनमा दक्षिण कोरियाले जवाफ दिँदै आफ्नो आठौँ मिसाइल परीक्षण गरेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ