• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    पार्किङ निषेध गरिएको ठाउँमा रोक्दा मन्त्रीको गाडी ट्राफिक प्रहरीको कारबाहीमा

    1.2K
    SHARES


    काठमाडौँ। ललितपुरको पुलचोकस्थित दमकल मोडमा पार्किङ निषेध गरिएको ठाउँमा रोक्दा मन्त्रीले चढ्ने गाडीलाई जरिवाना गरिएको छ ।

    सोमबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले प्रयोग गर्ने बा २२ च २५८३ नम्बरको गाडीलाई जावलाखेलस्थित ट्राफिक प्रहरी वृत्तबाट खटिएका प्रहरीले जरिवाना गरेका हुन् । विपरीत दिशातर्फ फर्काएर नो पार्किङमा पार्क गरेको भेटेपछि सो गाडीलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी बालनरसिंह राणाले बताए ।

    पार्किङ निषेध गरिएको ठाउँमा रोकेको कसुरमा राइ चढ्ने गाडीलाई १ हजार रुपैयाँ जरिवाना गरिएको छ । गाडीमा संघीय संसद् सचिवालयले सांसद राइलाई संसद् भवन प्रवेश गर्न दिएको पत्रसमेत टाँस  गरिएको थियो । सो गाडी मन्त्रीले निजी काममा प्रयोग गर्दै आएको बताइएको छ ।

     

     

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया