• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    द्रौपदी मुर्मु आज राष्ट्रपतिको शपथ लिँदै

    793
    SHARES


    काठमाडौँ। भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनीयताको शपथ लिँदै छिन् । मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ लिनेछिन् ।

    प्रधानन्यायाधीश एनभी रमानाले उनलाई राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ गराउनेछन् । शपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मु एक औपचारिक समारोहमा संसदमा आइपुग्ने छन् ।

    त्यस्तै, अर्को औपचारिक कार्यक्रम बिहान राष्ट्रपति भवनको प्राङ्गणमा हुनेछ । तर, पानी परेमा सो कार्यक्रम स्थगित हुने शपथ कार्यक्रमको तालिकामा उल्लेख छ । ६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् । उनी भारतका १५औँ राष्ट्रपति हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया