• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    अछाम पहिरो : मृतक तीनै जनाको सनाखत, घाइतेको उपचार हुदै

    688
    SHARES


    काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका-२ भुलुमा गएको पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।

    आइतबार राति १ बजेतिर घर पहिरोमा पुरिँदा हरिकला विष्ट, विरेन्द्र विष्ट र संविधान विष्टको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिएका छन् ।

    घाइते ६५ वर्षीया नैना विष्टको उद्धार गरेर अस्पताल पुर्याइएको छ । उनको अवस्था सामान्य रहेको छ । पहिरोमा पुरिएर केही चौपाया पनि मरेका छन् ।

    यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले अछामको तुर्माखाँद गाउँपालिका-२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिंदै आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिंदै घाइतेको यथाशीघ्र उपचार र तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ