• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    लागु औषधसहित एक दम्पति र आफन्त पक्राउ

    891
    SHARES


    काठमाडौँ। लागुऔषधसहित महोत्तरीमा एकै घरका ३ जना पक्राउ परेका छन् ।

    सिन्धुली दुधौली १० बस्ने श्रीमान प्रदिप सेन्चुरी, श्रीमती दिलमाया भुजेल र प्रदिपका आफन्त २२ वर्षिय विशाल सेन्चुरी पक्राउ परेका हुन् । आज अपरान्ह औरही कठुधारास्थित खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट-१० लेखिएको ९९ पिससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    प्रहरीको अनुसार तिनै जना बर्दिबास(सम्सी सडक खण्डमा पैदल हिँड्दै गर्दा शंकाका आधारमा चेकजाँच गर्दा उक्त लागुऔषध फेला परेको छ । पक्राउ परेका उनीहरु अहिले इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा छन् । उनीहरुलाई जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया