• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, ३४७ जनामा संक्रमण पुष्टि

    628
    SHARES


    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३४७ जना संक्रमित भएका छन् ।

    पछिल्लो २४ घण्टामा दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा ४४ जना गरी ३४७ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै थप ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेको छ ।

    जसमध्ये तीन हजार ३५ जना होम आइसोलेसनमा र १४२ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २२ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा छन् ।

    पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा १६९ जना संक्रमित भेटिएका छन् । त्यस्तै ललितपुरमा ३५, कास्कीमा २७, मोरङमा १७ र भक्तपुरमा १२ जना संक्रमित भेटिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ