• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय रोचक-विचित्र

    पाँचौँ पटक पनि जुम्ल्याहा सन्तान जन्माएको भन्दै श्रीमान् फरार भएपछि..

    655
    SHARES


    काठमाडौँ। केही मानिस सन्तानको मुख हेर्न कुनै पनि मूल्य चुकाउन तयार हुन्छन् तर कतिले भने आफ्नै सन्तानलाई छोडेका हुन्छन् । श्रीमतीले पाँचौँ पटक पनि जुम्ल्याहा सन्तान जन्माएको भन्दै युगान्डामका एक व्यक्तिले घर छोडेका छन् ।

    नालोङ्गो ग्लोरियाले गर्भवती हुन कहिल्यै आइभीएफ उपचार पद्धति अपनाउनु परेन तर उनले जुम्ल्याहा सन्तान जन्माउन भने आफूलाई रोक्न सकिनन् । युगान्डाकी यी महिलाले हालै आफ्नो नवौँ र दशौँ सन्तान जन्माएकी छिन् । उनीहरुको जन्मपछि यी महिलाका श्रीमान् सालोङ्गो पोको पुन्तुरो बनाएर घरबाट निस्किएका छन् ।

    सालोङ्गोले यो साधारण नभएको भन्दै अब उप्रान्त उनले श्रीमती र आफ्ना सन्तानको हेरविचार गर्न नसक्ने घोषणा गर्दै घर छोडेको बताइन्छ । ‘जब म पुनः जुम्ल्याहा भ्रुणसहित गर्भवती भएँ तब उनले यो अति नै भएको बताउँदै मलाई माइती जान भने, ’ नालोङ्गोले एक अन्तरवार्तामा भनिन् ।

    ‘उनले मलाई जहाँ पठाउन खोजिरहेका थिएँ, त्यहाँको कसैको पनि नम्बर मसँग थिएन किनभने म काम गर्न भन्दै काम्पाला आएकी थिएँ । मैले एउटा सन्तान मात्रै जन्माउन सक्दिनँ भने उनले मेरो हेरविचार गर्न नसक्ने बताए ।’

    एकदिन जब उनी बाहिरबाट घर पुगिन् तब उनले श्रीमानले आफ्नो सबै सामान झोलामा राखिरहेको देखिन् । त्यसपछि उनी आफ्नो सबै सामान भएको झोला बोकेर निस्किए । त्यतिबेलादेखि श्रीमानको अत्तोपत्तो छैन । आफ्ना सन्तान हुर्काउन उनलाई असाध्यै गाह्रो भइरहेको छ । तरपनि उनलाई केही कुराको अफसोस छैन र भगवानप्रति उनको आस्था यथावत् छ ।

    ‘यी सन्तान जन्माएकोमा मलाई कुनै पश्चाताप छैन । मलाई थाहा छ, यिनीहरुका पितालाई उनीहरु मन पर्दैनन् तर मैले आफ्ना सन्तानलाई छोड्न त सक्दिनँ नि । यहाँ चुनौतीको पहाड छ तर म उनीहरुलाई कहिल्यै छोड्ने छैन । भगवानले पूरा गरिदिनुहुन्छ, मलाई थाहा छ,’ ग्लोरियाले भनिन् । ‘मैले धेरै नै समस्या झेलेँ तर सबैभन्दा धेरै त भगवानलाई नै थाहा होला ।’

    नालोङ्गो हाल आफ्ना सात सन्तानसँग बस्छिन् । उनका सबैभन्दा जेठा जुम्ल्याहा सन्तानले गुँड छोडिसकेका छन् । साथै उनका एकजना सन्तानको मृत्यु पनि भइसकेको छ । यिनीहरुको भविष्य अनिश्चित छ, किनभने उनीहरुको घरका मालिकले अब उनीहरुलाई छोड्न भनिसकेका छन् ।

    नालोङ्गोको घटनाले युगान्डाकी सबैभन्दा फर्टाइल वुमनको स्मरण गराइदिएको छ जसले ४० वर्षको उमेरमा ४४ सन्तान जन्माइसकेकी छिन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ