• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    बुटवलको कल सेन्टरमा यस्तो अबैध धन्दा, प्रहरीले छापा मारेर समात्यो १५० युवायुवती

    1.7K
    SHARES


    बुटवल । बुटवलको एक कल सेन्टरमा अबैध धन्दा चल्ने गरेको खुलासा भएको छ । प्रहरीले रुपन्देहीको उक्त कल सेन्टरमा छापा मार्दा १५० जना युवायुवतीलाई पक्राउ परेपछि उक्त अबैध धन्दाको पर्दाफास भएको हो । आइतवार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा प्रहरीले छापा मारेर त्यस्तो धन्दामा संलग्नहरुलाई पक्राउ गरेको हो ।

    कल सेन्टरको अबैध धन्दा मार्फत ठगी गरेको आरोपमा कल सेन्टरमा छापा मारेको प्रहरीले कल सेन्टरका सातजना सञ्चालक सहित १५० जना युवा युवतीलाई पक्राउ गरेको जनाएको छ । कल सेन्टर संचालकहरुले तिलोत्तमाको जानकीनगरस्थित भवनमा तीन वटा फ्ल्याट भाडामा लिएर त्यस्तो धन्दा चलाइरहेका थिए ।

    कल सेन्टरबाट पक्राउ गरिएकाहरुलाई इलाका प्रहरी कार्यालय बुटवल राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनीहरुले सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको र ठगि गरेको अनुसन्धानबाट भेटिएपछि छापा मारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले पक्राउ पर्ने युवायुवतीहरू भने कार्यालयका कर्मचारी मात्रै भएको बताएका छन् ।

    प्रहरीसँगको बयानका क्रममा उनीहरुले आफूहरू जब लिंक भन्ने संस्थामार्फत यहाँ काममा आएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीका अनुसार सो कल सेन्टरमा अवैध काम हुने गरेको सूचनाका आधारमा छापा मारिएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ