• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    राति जिपभित्रै सुतेका एक युवक मृत फेला

    1.2K
    SHARES


    काठमाडौँ। बझाङमा एक युवक मृत फेला परेका छन्। आइतबार बिहान जिल्लाको बुंगल नगरपालिका-११ पुतलीलेकका २५ वर्षीय बिरेन्द्र बोहरा गाडीभित्रै मृत फेला परेका हुन्।

    प्रहरीका अनुसार उनी राति घर नजिकै पुतलीलेक मोडमा जिपभित्र सुतेका थिए। उनले मादक पदार्थ सेवन गरेको पनि खुलेको छ। बित्थडचिर गाउँपालिकाको बित्थड बजारदेखि पुतलीलेकको लागि हिंडेको सुपप्र ०४००१ च ०१७६ नम्बरको जिपमा बोहरा मृत भेटिएका हुन्। बित्थडदेखि चालक गणेश पातली र मृतक बोहरा पुतलीलेकतर्फ गएका थिए ।

    राति ९ बजे पुतलीलेक मोडमा पुगेपछि जिप रोकेर चालक पातली र मृतक बोहरा सुतेको र बिहान चालक पातलीले उठाउन खोज्दा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया