• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    गौशाला प्रहरीले बलात्कारको जाहेरी दर्तागर्न किन मानेन?

    1.2K
    SHARES


    काठमाडौँ। बलात्कार विरुद्धको जाहेरी प्रहरी वृत गौशालाले दर्ता गर्न अस्वीकार गरेको छ । २०७९ वैशाख २२ मा बलात्कार भएको सूचना पाएपछि वृत गौशालाबाट खटिएको प्रहरीले चावहिलबाट ७५ वर्षका आरोपी वासुदेव अर्याललाई पक्राउ गरेर लगेको थियो ।

    आरोपी र पीडितको बीचमा जग्गा लेनदेनको विवाद देखिएपछि मिलापत्र प्रयास गरेर वृतको महिला सेलका अधिकारीले ‘विवाद मिलाउनु’ भनेर छाडेका थिए । ६४ वर्षीया पीडित महिला र उनका आफन्तले पटक-पटक जाहेरी दर्ता गर्ने प्रयास गरेपनि प्रहरी वृत गौशालाको मुद्दा शाखाका अधिकारीहरुले ‘दर्ता गर्न मिल्दैन’ भनेर उनीहरुलाई फिर्ता गर्ने गरेका हुन् ।

    आरोपीले चन्द्रनिगाहापुरमा रहेको १४ धुर जग्गा दिनुपर्ने देखिएपनि उनले आनाकानी गरेको र चावहिलस्थित एउटा लजमा बोलाएर बलात्कार गरेको पीडित पक्षको आरोप छ । बलात्कार आरोपीलाई प्रहरीको १६९ नम्बरको मोबाइल भ्यानमा राखेर ल्याए पनि मिलापत्रको प्रयास गरेको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया