• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    भारतमा मंकीपक्सका थप संक्रमित भेटिदै

    2.2K
    SHARES


    काठमाडौँ। दिल्लीमा मंकीपक्सका नयाँ संक्रमित भेटिएका छन् । दिल्लीका ३१ वर्षीय पुरुषमा आइतबार मंकीपक्स संक्रमण देखिएको हो । उनमा विदेश भ्रमण गरेको कुनै ट्राभल हिस्ट्री नभेटिएको जनाइएको छ । पश्चिमी दिल्लीका उनलाई अस्पताल भर्ना गरिएको छ । योसँगै भारतमा अहिलेसम्म मंकीपक्सका चार जना संक्रमित भेटिएका छन् ।

    मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमा फैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

    विश्व स्वास्थ्य संगठन महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसले ७५ देशमा १६ हजारभन्दा धेरै केस रिपोर्ट गरिएको बताए । उनका अनुसार महामारीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ । मंकीपक्स बाहेक अहिले कोभिड र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागू छन् ।

    मंकीपक्स भाइरसका कारण यो रोग लाग्छ । यो भाइस पहिलो पटक सन् १९५० मा मध्य अफ्रिकामा देखा परेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया