• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    विशेषज्ञ परीक्षामा १४९ चिकित्सक

    432
    SHARES


    काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक विशेषज्ञहरुको नाम दर्ता परीक्षा (स्पेशल एक्जाम)मा १४९ जना चिकित्सक फेल भएका छन् । काउन्सिलले शनिबार लिएको २३ औं विशेष परीक्षामा ४७४ जना परीक्षार्थीहरु सहभागी भएका थिए । जसमध्ये ३२५ (६८.६) प्रतिशत पास र १४९ (३१.४ प्रतिशत) फेल भएका छन् ।

    विभिन्न ४५ वटा विषयमा विषयमा स्नातकोत्तर गरेका परीक्षार्थीहरु सहभागी रहेको रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए । पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान सूचना तथा सञ्चार प्रविधि केन्द्रमा भएको परीक्षा बिहान १० देखि १२ र दिउँसो २ देखि ४ बजेसम्म गरी दुई चरणमा सञ्चालन गरिएको थियो ।

    यसभन्दा अगाडि २१ माघ र २२ गते लिएको विशषेज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए । हाल मुलुकमा करिब ३० हजार १३३ चिकित्सक काउन्सिलमा दर्ता भएका छन् । करिब ८ हजार ८६२ बढी विशेषज्ञ चिकित्सकको रुपमा दर्ता छन् ।

     

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया