• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    श्रीलंकामा प्रदर्शनकारीमाथि भएको आक्रमणको मानव अधिकारवादी समूहद्वारा निन्दा

    606
    SHARES


    काठमाडौँ। न्युयोर्कस्थित अधिकारवादी समूह ह्युमन राइट वाच (एचआरडब्लू) ले श्रीलंकामा प्रदर्शनकारीहरूमाथि भएको आक्रमणको निन्दा गरेको छ । सुरक्षाकर्मीलाई प्रदर्शनकारी विरुद्ध गैरकानुनी बल प्रयोग रोक्न पनि एचआरडब्लूले सरकारसँग माग गरेको छ ।

    सुरक्षाकर्मीले शुक्रबार राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका थिए । सो क्रममा ९ जना पक्राउ परेका थिए । प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने विशेष अभियान’ भनेको थियो ।

    पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे गत साता देश छाडेपछि रनिल विक्रमासिंघेले बिहीबार राष्ट्रपति पदको सपथ लिएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ