• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

    493
    SHARES


    काठमाडौँ। बहुविवाह मुद्दाका फरार प्रतिवादी झापाका अर्जुनधारा नगरपालिका-९ ठेगाना भएका ३४ वर्षीय अम्बर बहादुर पौडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला अदालत झापाको २०७६ माघ १९ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना ६ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई जिल्ला अदालत झापामा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया