• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आर्थिक अभावमा अछामकी अस्मिता बोहराकाे अप्रेशन रोकियो, सहयोगको लागि परिवारद्वारा अपिल

    1.1K
    SHARES


    काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिकाका–९ तामकोटकी अस्मिता बोहराको आर्थिक अभागका कारण उपचारमा समस्या भएको छ । खुट्टा भाँचिएर १२ बर्षीय अस्मिता थला परेको दुई बर्षभन्दा धेरै भइसकेको छ ।

    परिवारका अनुसार घरमै एकाएक अस्मिताको खुट्टामा समस्या देखिएपछि उपचारको लागि भारत लगिएको थियो । एक्स-रे गर्दा खुट्टाको हड्डी भाँचिएको थाहा भएपछि भारतमै दुईपटक अप्रेशन गरिएको बुबा मिनबहादुर बोहराले बताए ।

    आर्थिक समस्या भएपछि अस्मितालाई नेपालमै ल्याउन बाध्य भएको बुबा मिन बहादुरले बताए । अहिले बनेपास्थित अपांग अस्पताल तथा पुनःस्थापन केन्द्रमा उनकाे भइरहेको छ । केन्द्रमा पनि दुईपटक अप्रेशन भइसकेको छ । केन्द्रले बच्चाहरुको हड्डी आफै भाँचिने दुर्लभ रोग भएको र उपचार प्रक्रिया लामो हुने बताएको छ ।

    पाँच बर्षसम्म उपचार प्रक्रिया लाग्ने केन्द्रले बताएको अस्मिताका कान्छा बुबा उपेन्द्र बोहराले बताए । यही साउन ९ गते फेरि अर्को अप्रेशन गर्नुपर्ने छ तर आर्थिक अभावका कारण अस्पताल जान नसकेको उपेन्द्रले बताएका छन् । नियमित औषधि जाँच हुन नसक्दा अहिले घाउ पनि बल्झिाएको समेत उनले बताए ।

    तीन बर्षसम्म उपचार गर्दा घरको सबै धनसम्पती सकिएको बताउँदै बुबा मिनबहादुरले सहयोगको लागि सबैसँग अनुरोध गरेका छन् । “उपचारमा सबै सम्पती सकियो तर छोरीलाई राम्रोसँग सन्चो हुन सकेको छैन । अझै केही समय लाग्ने अस्पतालले बताएको छ । तर, आर्थिक अभावका कारण अप्रेशन नै रोकिएको छ । तपाईहरुको सानो सहयोगले मेरो छोरीले नयाँ जीवन पाउन सक्छ, सक्दो सहयोग गरिदिनु अनुरोध गर्दछु” बुबा मिनबहादुर बोहराले भने ।

    अस्मिता कक्षा चारमै पढ्दै गर्दा खुट्टा भाँचिएको र अहिले पढाईमा पनि रोकिएको बुबा मिनबहादुरले बताए । सहयोग गर्न चाहनेहरूले अस्मिताका कान्छु बुबाको मोबाइल नम्बर ९८४०१३५५३१ र ९७४६९६३०७५ तथा हेमन्त सिंह बोहराको नाममा सानिमा बैंकमा रहेको खाता नं ०२८०११०६०००३५९४ मा पनि रकम पठाएर सहयोग गर्न सक्नेछन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ