• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रकाशमान सिंहकाे प्रश्‍न : संविधान अनुसार उपभोक्ताहरूलाई संरक्षण दिने अधिकारहरू के-के आएका छन् ?

    657
    SHARES


    काठमाडौँ। नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आम उपभोक्ताहरूको अहित हुने खालका कुनै पनि गतिविधि हुन नदिन सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।

    नेपाल उपभोक्ता संरक्षण महासंघले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानमा उपभोक्ताको अधिकारबारे मौलिक हकमै व्यवस्था गरेको उल्लेख गर्दै उनीहरुको अहित हुने कुनै पनि काम हुन नदिन सम्बन्धित पक्षहरू सचेत हुनुपर्ने समेत बताएका छन् ।

    नेता सिंहले संविधानले व्यवस्था गरेको आम उपभोक्ताको अधिकारबारे जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

    नेता सिंहले भने, ‘संविधानको भावना र मर्म अनुसार आम उपभोक्ताहरूलाई संरक्षण दिनुपर्ने अधिकारहरू के-के आएका छन् ? भन्ने कुरा पहिले जानकारी राख्नु पर्दो रहेछ । अव इन्फरमेशननै भएन भने गाह्रो हुन्छ । यो महासंघको माध्यमबाट उपभोक्ताहरूलाई आफ्नो अधिकारको बारेमा जानकारी गराउनु पर्दछ ।

    हस्पिटलमा होस कि रेष्टुरेन्टहरुमा होस । सपिङ मलहरुमा होस कि अन्य ठाउँहरुमा । उपभोक्ताको अहित हुने काम गर्न नदिन उपभोक्ता अधिकार संघ सम्बन्धित संस्थासंस्थाहरुले ध्यान दिनु पर्दछ ।’

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ